दफा १०
लेखा र लेखापरीक्षण

१०. लेखा र लेखापरीक्षण

(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) समितिले तोकिएबमोजिम समितिको आय व्ययको आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नेछ ।
(३) समितिको आन्तरिक लेखापरीक्षण मान्यता प्राप्त लेखा परीक्षकहरूमध्येबाट समितिले तोकेको लेखा परीक्षकले गर्नेछ ।
(४) समितिको अन्तिम लेखा परीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(५) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।